www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राससको कार्ययोजना प्रस्ताव

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताए । उनले सरकारका नीति, कार्यक्रम र विकास निर्माणका गतिविधिलाई राससले सम्पे्रषण गर्दै आएको र यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाइने छ भने ।

Batas

सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनु आवश्यक भएको बताउँदै अध्यक्ष श्यामलले त्यसका लागि राससका तर्फबाट सक्दो सहयोग पु¥याइने विश्वास व्यक्त गरे । राससले स्थानीय भाषामा पनि समाचार सम्प्रेषण गर्ने सोच बनाएको जानकारी दिँदै उनले राज्यलाई बलियो बनाउन समाचार समितिको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आगामी दिनमा सञ्चारलगायत क्षेत्रमा समन्वय गर्दै स्पष्ट कार्यनीतिसाथ अघि बढ्ने बताए । कर्मचारी व्यवस्थापनका साथै साधनस्रोतको बाँडफाँटलगायत विषय निष्कर्षमा पुगी कार्यान्वयनमा आएपछि सरकारका काम सहज हुने उनको भनाइ थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.