www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा : राणाको निधनमा शोक प्रस्ताव

काठमाडौँ । 

प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उनको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उनी विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उहाँ नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत थिए ।

Batas

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.