www.tandavnews.com
Fact ~ In search of truth

केआईइसीमा अष्ट्रेलिया अध्ययन बारे सेमिनार हुने

पोखरा ।

शैक्षिक परामर्श क्षेत्रमा १२ वर्षे इतिहास बोकेको काठमाण्डौं इन्फोसिस् (केआइईसी) पोखरा शाखाले सोमबार अष्ट्रेलिया अध्ययन बारे सेमिनार गर्ने भएको छ । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी सोमबार आफ्नै कार्यालय न्युरोडमा सेमिनार गर्ने ब्रान्च निर्देशक अर्जुन गुरुङ्ले वताए ।

न्युरोडको मनसोना स्क्वायरमा मध्यान्न्ह १२ बजे देखि दिउँसो २ बजे सम्म कार्यक्रमको आयोजना गरेको छ । अष्ट्रेलियाको कप्लान विजनेस स्कुल का प्रतिनिधी संग प्रत्यक्ष भेट गरेर कलेजले प्रदान गर्ने कोर्स्, लाग्ने शुल्क, अध्ययन प्रकृयाबारे जिज्ञासा लगाएत कलेज बारे सम्पुर्ण जानकारी विद्यार्थीले राख्न पाउनेछन् ।

Batas

विजनेस्, हस्पिटालिटी तथा एकाउन्ट विषयका कोर्स हरुको बारेमा विद्यार्थी हरुले प्रत्यक्ष जानकारी लिन सक्नेछन । सेमिनारमा मुख्यतया प्लस टु सकेका विद्यार्थी र ब्याचलर सकेका विद्यार्थी लक्षित रहने निर्देशक गुरुङले वताए ।

पछील्लो समय अस्ट्रेलियामा नेपाली विद्यार्थी हरुको शैक्षिक गन्तव्य बनिरहेको बेला सही परामर्श र सही निर्देशन आजको चुनौती बनिरहेको ईक्यान नेपालका उपाध्यक्ष तथा केआईइसीका सिईओ राजेन्द्र रिजाल बताउँछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.