www.tandavnews.com
Fact ~ In search of truth

विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग

काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ ।

इपानने आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाकाको समयमा विद्युत् आपूर्तिमा समस्या आउदा जनतालाई प्रत्यक्ष असर गर्ने भएकाले विद्युत् क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग गरेको हो ।

Batas

निषेधाज्ञाको समयमा घरैबाट सेवा प्रवाह गर्नुपर्ने अवस्था रहे पनि विद्युत् आपूर्तिमा समस्या हुँदा सेवा प्रवाहमा नै अवरोध आउन सक्ने भन्दै इपानले विद्युत्सँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।

इपानको बुधबार बसेका १२८औँ कार्यसमिति बैठकले विद्युत् आयोजना सञ्चालन, निर्माण तथा मर्मतजस्ता अत्यावश्यक कार्य अगाडि बढाउन आवश्यक जनशक्ति तथा मालसामान परिचालन गर्न आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा निर्वाध सवारी साधान आवातजावत गर्न दिन पनि इपालने माग गरेको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै काठमाडौँ उपत्यकासहित केही जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.