काठमाडौं ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनि लिमिटेड र मेगा बैंक बिच आज औपचारिक रुपमा बैंकास्योरेन्स सहमति भएको छ ।
बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र राष्ट्रिय बीमा कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझिले हस्ताक्षर सहित बैंकास्योरेन्स गर्ने सहमति भएकाे हाे ।

सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ती, ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको बिभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गर्ने सक्ने छ ।
ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेखा प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् भने दाबी परेको समयमा सहजरुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता बीमा कम्पनीले दोहर्याएको छ ।
यो सम्झौताले मेगा बैंकको “हलो देखी हाईड्रो” सबैलाई सुरक्षा प्रदान गर्ने छ ।
कृषी, पशुधन र साना तथा मझौला ब्यबसायिलाई यो सेवा बढी प्रभावकारी हुने छ । बैंक र बीमाको माध्यमबाट नै देश को अर्थ ब्यबस्थामा प्रभावकारी बिकास गर्न सकिने बिश्वास दुबै पक्षले लिएका छन् ।
यसैबिच राष्ट्रिय बीमा कम्पनि लिमिटेड्ले कृषी र पशु बीमा लगायत ग्राहस्थ बीमालाई प्रभावकारी बनाउने उद्वेश्यले त्रियुगा नगरपालिका बिच सहमती गरि सकेको जानाएकाे छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.