www.tandavnews.com
Fact ~ In search of truth

एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयर भदौ ४ गते पोखरामा

पोखरा ।

अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरु लक्षित गरेर पोखरामा अष्ट्रेलिया एजुकेशन फेयर हुने भएको छ । विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै एनमार्क एजुकेशन प्रालिले ‘एनमार्क अष्ट्रेलियन एजुकेशन फेयर’को आयोजना गरेको हो ।

भदौ ४ गते सोमवार एनमार्कको आफ्नै कार्यालय महेन्द्रपुल पोखरामा हुने फेयरमा अष्ट्रेलियाका विभिन्न २० वटा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारी(नसिव)ले जानकारी दिए ।

Batas

‘फेयरमा अष्ट्रेलियाका प्राय शहर समेटिने गरी प्रतिनिधिहरुको सहभागिता रहन्छ । उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थी र अभिभावकका लागि फेयर उपयोगी हुनेछ ।’’ उनले भने ।

कन्सल्टेन्सीको एक जना काउन्सिलरले धेरै कलेजको बारेमा जानकारी गराउँदा कलजेको ईन्फरमेशन मिस हुने हुँदा फेयरमा एकै पटकमा धेरै कलेजका प्रतिनिधिहरुले परामर्श दिइने अधिकारीको भनाई छ ।

कुन विषय अध्ययन गर्ने ? खर्च र भविष्यमा काम गर्दा त्यसको प्रतिफल कस्तो ? लगायतका प्रश्नको जवाफ फेयरमा पाइने सिनियर काउन्सेलर सामना क्षेत्रीले बताइन् ।

फेयरमा सहभागि हुने कलेजहरु पोखरामा पहिलोपटक सहभागि हुँदै गरेको र लेवल १ का कलेज तथा युनिभर्सिटीहरु रहेको एनमार्कको दावी छ ।

एनमार्कले १० वर्षअघिदेखि शैक्षिक परामर्शको काम गर्दै आएको छ । विशेष गरि अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र भारतमा उसले अध्ययन प्रयोजनको लागि विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.