www.tandavnews.com
Fact ~ In search of truth

सांसद अधिकारी भन्छन्, ‘करको विषयलाई प्रतिपक्षीले अतिरञ्जीत बनाए’

काठमाडौं
ताण्डव न्यूज ।

कास्की क्षेत्र नं. १, प्रतिनिधि सभा सांसद खगराज अधिकारीले स्थानीय तहले लगाएको करकै कारण सरकारलाई असफल भन्न नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार(आज)को बैठकमा बोल्दै अधिकारीले करको बिषयलाई अतिरञ्जीत गरेर सरकार विरुद्ध भ्रम छर्ने खेलमा प्रतिपक्षी लागेको आरोप लगाए ।

Batas

‘केही स्थानीय सरकारको करका विषयलाई लिएर सरकार असफल भयो भन्नु गलत हो, सरकार करको बारेमा जानकार छ, कसैले भ्रम फैलाउँदैमा केही हुँदैन’, उनले भने । अधिकारीले करलाई लोकतन्त्र र संंघीयतासँग जोड्न नहुने तर्क गरे ।

कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि सांसद अधिकारीले प्रतिवाद गरेका हुन् ।

‘संविधान जारी गर्ने समयमा क–कसले गर्नु हुँदैन भनेका थिए, हामीलाई थाहा छ जथाभाबी बोलेर हुँदैन’ उनले भने ।

सांसद अधिकारीले बलात्कारी माथि हदै सम्मको कारवाही माग गरेका छन् । माइतीघर मण्डलामा पेटिकोट लगाएर गरिएको प्रर्दशन तर्फ इन्कित गर्दै अधिकारीले भने ‘माइतीघर क्षेत्र कसैले नाङ्गै आएर उभिने ठाउँ होइन, अराजकताको पनि सीमा हुन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.