पोखरा
ताण्डव न्यूज ।
पोखरा महेन्द्रपुल चोक स्थित एनमार्क एजुकेशन प्रालिले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गरेर आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएको छ । फेयरका २ सय भन्दा बढि बिधार्थीहरु सहभागी भएको सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् ।
भदौ ४ गते सोमवार एनमार्कको आफ्नै केन्द्रिय कार्यालय, महेन्द्रपुल चोकमा भएको एजुकेशन फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिएको प्रालिका अध्यक्ष नविन अधिकारीले जानकारी दिए ।

अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको चासो बढेको र उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया भइरहेको सन्दर्भमा विद्यार्थीलाई सही परामर्श दिन आयोजना गरिएको कार्यक्रम सफल भएको दाबी गरे ।
प्रमुख शैक्षिक गन्तव्य अष्ट्रेलियामा भिसा परामर्श दिनु मात्र ठूलो कुरा नभई त्यहाँ कुन कलेज छनौट गर्ने, कुन कोर्स पढ्ने भन्ने बारेमा अगाडि नै जानकार भएमा विद्यार्थीको बसाईं सफल र लक्ष्यमा पुग्न सक्ने उनको भनाई छ ।
एनमार्कले अष्टे«लियासँगै न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा अध्ययनका लागि परामर्श दिने काम गर्दै आएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.