www.tandavnews.com
Fact ~ In search of truth

अवैध ढुंगा उत्खन्न गर्ने २ जेसिभी सहित १२ टिपर प्रहरी नियन्त्रणमा

पोखरा
ताण्डव न्यूज ।

अवैध रुपमा खोलाजन्य सामग्रीको निकासी पैठारी गर्ने २ जेसिभी सहित १२ टिपर जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

पोखरा–२५, स्थित नयाँखानी भन्ने ठाउँमा अवैध रुपमा ढुंगा निकासी गरेको पाइएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सो साधनहरु नियन्त्रणमा लिएको हो ।

Batas

ढुंगा ढुवानीका लागि पोखरा तर्फ ल्याउँदै गरेका १२ टिपर र उत्खन्न गरिरहेको अवस्थाबाट २ जेसिभीलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका टिपरहरु :

ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १ ख ४४९९, ग १ ख ३८०३, ग १ ख ३५८७, ग १ ख ३७६६, ग १ ख ५७५१, ग १ ख ६६०९, ग १ ख ३९६४, ग १ ख ७३२०, ग १ क ३४३२

ताण्डव न्यूजको भिडियो रिपार्ट हेर्नुहोस् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.