www.tandavnews.com
Fact ~ In search of truth

क्लबको स्थापना दिवसमा निबन्ध प्रतियोगिता

पोखरा
ताण्डव न्यूज ।

लायन्स क्लब हेल्फुल हेन्डसको स्थापना दिवसको अवसर पारेर निबन्ध प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा गण्डकी र धौलागिरीका विभिन्न लायन्स क्लबबाट १७ जनाको उपस्तिथी रह्यो ।

Batas

प्रतियोगिताबाट लायन्स क्लव अफ आदर्शका दिनेश भण्डारी प्रथम बन्न सफल रहे ।

द्वीतिय उपाधि लायन्स क्लब अफ माउन्टेन सिटीका नेपाल प्रकाश अधिकारीले हात पारे । त्यसैगरी लायन्स क्लव तनहुँ व्यास सिटीका सान्ता बास्तोला तृतीय र लायन्स क्लव अफ गतिशिल मन्जरीकी सुनिता देवकोटाले सान्त्वना हुन सफल भइन ।

कार्यक्रमका प्रमुख अतिथि चिफ एड्भाइजर ध्रुव श्रेष्ठले क्लवले सिर्जनात्मक प्रस्तुति देखाएको बताए ।

कार्यक्रममा रिजन चियर पर्सन माधव पौडेल, जोन चियर पर्सन डिवि विश्वकर्मा, एएलएफ डेपुटी चिफ विनोद ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन क्लबका सचिव दुर्गा सुनारले गरेका थिए । भने कार्यक्रमको संयोजन निर्दोष डुम्रेले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.