
काठमाडौं ।
अन्ततः ‘रोज’ले ट्रेलर लन्च गरेको छ । २ मिनेट १७ सेकेन्डको ट्रेलरमा प्रेम, धोखा र बदलाको कथा हेर्न पाइन्छ । आयोजित ट्रेलर रिलिज प्रेसमिटमा निर्देशक नीरक पौडेल भन्दै थिए, ‘ट्रेलरले ३० प्रतिशत रहस्य बाहिर ल्याउँछ, बाँकी थाहा पाउन हलमै पुग्नुपर्छ ।’
गतसाता रोजीबाट नाम बदलेर रोज बनेको फिल्मको ट्रेलर हेर्दा लाग्छ, यो एउटा कोर्टरुम ड्रामा पनि हो । खासगरि, विश्व फिल्ममा क्राइम र थ्रीलर जानरमा कोर्टरुम ड्रामाको प्रयोग हुनेगर्छ ।

ट्रेलरले पात्र परिचय गराइदिएको छ । प्रदीप खड्का एक प्रेमी जसको हातमा समातिएको बन्दुकबाट प्रेमिका मारिन्छिन् (?)। परमिता राणा प्रेमिका जो प्रेमीबाट मारिन्छिन् । मारिनुअघि उनको संवाद छ ः प्रेममा धोका दिए, आफूले पनि गोली सुट गरिदिन्छु ।
मिरुना मगरलाई वकिलको भूमिकामा देख्न सकिन्छ । उनी अभि अर्थात (प्रदीप)को कानुनी रक्षामा खडा हुन्छिन् । कर्म एक प्रहरी अफिसर छन् जसको ड्युटी हत्याको अनुसन्धान गर्नु हो ।
प्रेसमिटमा निर्देशक पौडेलले फिल्मसँगै वास्तविक जीवनमै हत्या गरिएकी काठमाडौंकी एक युवती र फिल्मको सम्बन्धबारेका प्रश्नको सामना गरे । उनले रोजी महर्जन हत्याकाण्ड र फिल्मबीच कुनै सम्बन्ध नरहेको बताए ।
अभिनेता खड्काले फिल्मको कन्टेन्टमा सशक्तता रहेको बताए । दर्शकको रुचिअनुसार नै विदेशमा आफ्ना फिल्म छायांकन भैरहेको उनको कथन छ । रोजीको ‘फूल हैन’ गीत टर्कीमा सुट भएको थियो । उनले फिल्ममा विविधता पस्कन आफू क्रियाशिल भएको बताए ।
अभिनेत्री मिरुना मगरले वकिल पात्र निर्वाह गर्दा कानुनका पाठहरु कण्ठस्थ भएको र आफू कानुन व्यवसायी भएको महसुस गरेको अनुभव सुनाइन् । अभिनेता कर्मले निर्देशक पौडेल र आफ्नो व्यक्तिगत मिठासपन फिल्म गर्नु पछाडिको मुख्य कारक रहेको बताए ।
भदौ २२ गते प्रदर्शन हुने फिल्म रोजलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् । फिल्मले भदौ १४ गतेदेखि देशव्यापी प्रवद्र्धन अभियान पनि संचालन गर्ने भएको छ । अहिले फिल्मले म्युजिकल्ली कन्टेस्ट पनि चलाइराखेको छ ।
तस्विर : विवेक बस्याल
ट्रेलर
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.