पोखराको लेकसाइडमा विनोद भुजेलले सञ्चालन गरेको डाँफे होटेल ४ वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । युवा व्यवसायी भुजेलले लेकसाइडमा होटेल सञ्चालन गरेको यत्रो वर्षमा थुप्रै अवसर पनि देखे उत्तिकै मात्रामा चुनौति पनि । उनै भुजेल होटेल व्यवसाय र लेकसाइडको पर्यटनको विषयमा ताण्डव न्यूजसँग केही समय गफिए ।
लेकसाइडका होटेल व्यवसायीका लागि अवसर र चुनौति के–के देख्नुभएको छ ?
अवसर र चुनौति दुवै छ । अवसरमा भन्नुपर्दा, पोखरा एउटा नेपालकै पर्यटक क्षेत्र हो । जति पनि नेपाल विदेश आउँछन् पोखरा नआउने कमै मात्रामा हुन्छन् । जसले गर्दा यसले अवसर ल्याएको छ । चुनौतिको कुरा गर्नुपर्दा, यहाँ धेरै मात्रामा होटेलहरु छन् । जसले गर्दा कहिलेकाँही आउने पर्यटकभन्दा पनि होटेल धेरै हुन कि भन्ने जस्तो पनि लाग्छ । हुन त २०२० लाई टार्गेट गरेर पर्यटक वर्ष मनाउने भनेका छौ । अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दै छ । यसको चापले पनि होटेल अझै भरिभराउ हुन्छन् जस्तो लाग्छ ।

कुन देशका पर्यटकहरु बढी मात्रामा आउने गरेको पाइन्छ ?
प्रायः इन्डियन नै बढी हुन्छन् । चाइनिज पनि औसतमा अरुको भन्दा बढी छन् ।
कतिपय होटेल व्यवस्थित भएनन भन्ने एक किसिमको आरोप पनि आउने गरेको छ । लेकसाइडका होटेल व्यवस्थित हुन अझै किन नसकेको होला ?
यो चाहि हो । व्यवस्थित कुरामा पार्किङको लिन सकिन्छ । मेनरोडमा भएका होटेलहरुलाई पार्किङ बाटोमा गर्नुपर्दा अर्को समस्या थपिएको हो । होटेललाई क्वालिटीमा पनि लैजानुपर्छ जस्तो लाग्छ । पैसाको लागि मात्र व्यवसाय नसोचि ग्राहकको रोचाइ रुचि के छ भनेर अझ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
अन्य होटेलमा भन्दा डाँफे होटेलमा आउने पर्यटक/पाहुनाले के विशेष अनुभव लिन्छन् ?
हामीमा फ्यामिलियर वातावरण छ । गेस्ट बनेर आउनुहुन्छ साथी बनेर जानुहुन्छ । कस्टुमरसँग डाइरेक्ट ओनर भेट गरेर इच्छा आकांक्षा बुझ्छौं । गेस्टसँग डाइरेक्ल्टी टचमा हुन्छौं । सुझाव सल्लाह लिने गर्छौै ।
तपाईको होटेलमा कति कोठा छन् ?
२२ वटा रनिङ रुम छ । जसमा रेस्टुरेन्ट र ६०/७० अट्ने हल छ ।
होटेलहरुबाट विभिन्न चोरीका घटना घटेको पनि सुनिन्छ, खासमा केमा कमजोरी भएर हो ?
ह्याकरहरुको अलिकति बिगबिगी पनि छ । हामीले पनि त्यसको समस्या झेल्नुप¥यो । दुई/चार जना गेस्ट बनेर आउने र स्टाफहरुलाई हातमा लिने गरेको हुन्छन् । गेस्ट बनेर आएसी शङ्का गर्नु भएन् । पछि बैंकसँग सहकार्य गरेउ । पुलिसलाई पनि जानकारी गराएर घटना साम्य बनाएका थियौं । यस्ता घटना घटिरहेकै हुन्छ ।
युवाहरु पछिल्लो समय रेस्टुरेन्ट/होटेल सञ्चालनमा बढी झुकाव भएको पाइन्छ । आकर्षणको कारण ?
विशेषत, पर्यटन, होटेल, रेस्टुरेन्टमा युवाहरु नै छन् । युवाहरु मनोरञ्जनमा बढी चाख दिने, घुम्न रुचाउने गरेको पाइन्छ । जस्तो खानपिनमा पनि उनीहरुको रुचि भएको पाइन्छ । युवाहरु सञ्चालक हुँदा गेस्टहरु पनि उस्तै किसिमको आउने हुँदा कतिपय कुराहरु पनि मिल्ने गरेको पाइन्छ ।
लेकसाइडमा प्रयाप्त पर्यटक भित्र्याउने सकिने आधारहरु के–के भेट्नुहुन्छ ?
सर्वप्रथम सुरक्षा नै हो । आफू होटेलमा बस्दा खेरी कत्ति सुरक्षित भइन्छ भन्ने कुरा हो । क्वालिटी, हस्पिटालिटीमा पनि जोड दिनुपर्छ । सबभन्दा पहिला त सुरक्षा दिनुपर्छ । जुनसुकै होटेलमा बसेपछि पहिलो प्रथामिकता सुरक्षा हो । त्यसपछि सर्भिसमा उहाँहरुले चाहेका कुराहरुमा पनि सन्तुष्टि दिनुपर्छ । आदर –सम्मान, स्वागतका कुरा पनि आउने गर्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.