www.tandavnews.com
Fact ~ In search of truth

फिल्म व्यापारमा फल्प ३ जोडी

सुशन घिमिरे
पोखरा, ताण्डव न्यूज ।

एकसमय भुवन केसी तृप्ती नाडकर, दिलिप रायमाझी निरुता सिंहको जोडी खुब हिट थियो । दर्शकले अत्याधिक रुचाएको जोडी हुन् । अहिलेको समयमा हिट भन्दा पनि केमेस्ट्रीको चर्चा हुने गर्छ ।

थुप्रै नायिकाहरुसँग जोडी जमाएका आर्यन सिग्देल पछिल्ला दिनहरुमा हराए झैं छन् । नायिका नम्रता श्रेष्ठ र उनी अभिनित फिल्म चले । जोडीलाई दर्शकले मन पराए । तर निरन्तरता रहेन । लगातार हिट फिल्म नदिए पनि केही जोडीको केमेस्ट्रीलाई लिएर चर्चा भने भैरहेको हुन्छ ।

Batas

साम्राज्ञी राज्य लक्ष्मी शाह र आर्यन सिग्देल

लगातार हिट फिल्म दिने जोडीहरुको खडेरी भैरहँदा आश गरिएको जोडी थियोे, आर्यन सिग्देल र सम्राज्ञी राज्य लक्ष्मी शाह ।

कायराबाट पहिलो पटक रिल लाइफ जोडिएको यो जोडीलाई दर्शकले सुरुवातमै रेड सिग्नल दिए । न फिल्म चल्यो न त जोडी जम्यो ।

कायरा आर्यनले आफ्नै कथामा निर्माण गरे । फिलिपिन्समा छायांकन गरिएको फिल्मलाई पर्दामा हेर्दा करिब साढे २ घण्टा कटाउनै गाह्रो हुन्छ । नेपाली फिल्म एक समय दर्शले अत्यधिक रुचाएका जोडी हुन् ।

सलोन बस्नेत र करिश्मा श्रेष्ठ

रियल लाइफ जोडीको रुपमा चर्चित यि दुई रिल लाइपमा फल्प छन् ।

‘लव सब’ र ‘बाबु कान्छा’ दुई फिल्म नै फल्प भए । जहाँ यो जोडी लिड भुमिकामा थियो । व्यापारमा फल्प भएपनि यो जोडीको चर्चा भने भइरहेको हुन्छ ।

सलोन प्रमुख भुमिकामा भन्दा पनि सहायकमा फिट अनि हिट मानिन्छन् ।

साम्राज्ञी र आकाश श्रेष्ठ

कृ डेब्यु गर्ल साम्राज्ञी र अनमोल केसीसँगको जोडीलाई दर्शकले रुचाए । तर जोडीले निरन्तरता पाएन ।

लगातार जोडी परिर्वतन गरिरहेकी साम्राज्ञी र आकाश अभिनित तिमीसँग फिल्म फल्प भयो । त्यसो त जोडी फल्पको सूचिमा साम्राज्ञी भन्दा आकाश अगाडी आउँछन् ।

आकाश साम्राज्ञीसंगै जोत्सना योगी, आँचल शर्मासंग देखिए, यि सबै फल्प जोडी बने । अब आकाश पुजा शर्मासँग देखिदैछन् । त्यो जोडीलाई दर्शकले कत्तिको रुचाउँछन् त्यो रिलिज पछि थाहा होला ।

यि बाहेक अनमोल केसी र सृष्टी श्रेठको जोडी पनि हिट बन्न सकेन । गाजलुमा एकसाथ देखिएको जोडीलाई दर्शकले रेड सिग्नल दिए ।

अनमोल र अदिति बुढाथोकीको जोडीलाई दर्शकले रुचाएपनि निरन्तरतामा पाउने सम्भावना देखिदैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.