www.tandavnews.com
Fact ~ In search of truth

हाफ पाइन्ट र मिनिस्कट धारीलाई प्रशासनमा नो इन्ट्री

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भाद्र १० गते आइतबारदेखि अमर्यादित पोशाकमा सेवा लिन आउने सेवाग्राहीलाई प्रवेशमा रोक लगाउने भएको छ ।

सेवाग्राही सेवा लिन आउँदा सरकारी कार्यालयमा अस्वभाविक लाग्ने छोटा एवं पारदर्शी लुगा लगाएर कार्यालयकै सम्मान नभएको भन्दै हाफ पाइन्ट, मिनिस्कट र पारदर्शी पोशाक धारीलाई गेटबाट नै प्रवेशमा रोक लगाउने भएको हो ।

Batas

‘कार्यालयमा सेवा लिन आएको सेवाग्राही हो वा मेला हेर्न गएकोे,’ सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘सेवा लिन आउने सेवाग्राही भद्र र शिष्ट देखिने पोशाकमा आउनुपर्छ ।’

सेवाग्राही सबै त्यस्तो नभए पनि केही व्यक्तिले गर्दा कार्यालय परिसर अस्वभाविक अभद्र देखिएको भन्दै पारदर्शी र छोटा पोशाक लगाएर सेवा लिन आउने सेवाग्राहीलाई कडाईका साथ प्रवेशमा रोक लगाइने उनले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.