www.tandavnews.com
Fact ~ In search of truth

कानून परिवर्तन हुन्छ: उपप्रधानमन्त्री

काठमाडौँ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।

ताप्लेजुङवासीको बृहत् भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “आर्थिक समृद्धिका लागि बाधक बनिरहेका पुराना नीति बदल्न चाहन्छौँ । सरकारले पुराना नियम तथा ऐन बदल्न चाहेको छ र बदल्ने काम पनि शुरु भइसकेको छ पुराना संरचना समयअनुसार बदल्ने छौँ । यो हाम्रो सङ्कल्प हो ।”

उहाँले ताप्लेजुङको विकासका लागि ताप्लेजुङ विकास कोष स्थापना गर्न स्थानीय जनतालाई आग्रह गर्दै उक्त कोषमा सरकारले सहयोग गर्ने बताए । सरकारले कृषि, पर्यटन, जलस्रोतको विकासमा ध्यान दिएको बताउँदै रक्षामन्त्री पोखरेलले दुई तिहाइ जनमत प्राप्त वर्तमान सरकारले घोषणाअनुसारका काम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरीब तथा कमजोरको मानसिकताबाट मुक्त भएपछि मात्र देशलाई आर्थिक समृिद्धको बाटोमा अग्रसर हुन सहज हुने विचार व्यक्त गरे।

उनले देशमा बेथिति र बजारमा अराजकता बढेको तथा व्यापारीले उपभोक्तालाई ठग्ने गरेकाले उनीहरूलाई कानूनको दायरामा ल्याउनु चुनौतीपूर्ण भएको बताए । सांसद योगेश भट्टराईले देशको विकासका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अलैँची उत्पादनमा उर्वर ताप्लेजुङको भूमि भरपूर उपयोग हुनुपर्ने बताए ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.