www.tandavnews.com
Fact ~ In search of truth

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

नुवाकोट ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।

गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।

विश्कर्मालाई गत शुक्रबार बिहान काठमाडौंँमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गरे ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.