www.tandavnews.com
Fact ~ In search of truth

बिजनेस प्रोफेसनल एग्रो प्रालिको नयाँ कार्यसमिति चयन, अध्यक्षमा काफ्ले

पोखरा, ताण्डव न्यूज

बिजनेश प्रोफेशनल एग्रो प्रालिको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशन बुधबार सम्पन भएको छ । अधिवेशनमा एग्रोको अध्यक्षमा अभिषेक काफ्ले निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा भीम सुवेदी, सचिवमा विजय क्षेत्री, कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन् । यस्तै सदस्यहरुमा दीपक पौडेल, अवित केसी र घनश्याम गौतम चयन भएका छन् ।

उक्त संस्थाले विगत केही वर्षदेखि कृषिमा आधारित उद्योगलाई प्रवद्र्धन गर्दै आएको छ । २८ जनाको समान सेयर सदस्यबाट सुरु गरिएको उक्त संस्था अहिले करिब २० रोपनी क्षेत्रफलको आफ्नै जग्गाबाट कृषि सम्बन्धि कार्य गर्दै आएको जनाईएको छ ।

Batas

फरकफरक व्यापारिक पृष्ठभूमि बोकेका युवाबाट संचालित संस्थामा हार्डवयर, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल इन्जिनियरिङ तथा कन्स्ट्रक्सन, प्रिन्टिङ एन्ड प्रेस, पर्यटन, कृषि औजार तथा उपकरण, औषधी व्यसाय, इन्टेरिओर तथा आर्किटेक्ट, वित्तिय संस्थामा आबद्ध छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.