www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः आज साँझसम्म पोखरा आइपुग्दैँ एक लाख थान एन्टीजेन किट र सय अक्सिजन सिलिण्डर

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका लागि आवश्यक पर्ने १ लाख एन्टिजेन किट र अक्सिजनका १ सय वटा सिलिण्डरहरु आज साँझसम्म पोखरा ल्याईने भएको छ ।

प्रदेशलाई आवश्यक सामाग्रीहरु माग गरी पठाए बमोजिम सामाग्री आउन लागेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Batas

आवश्यक सामाग्री साँझ सम्म पोखरा आईसक्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिम खड्काले ताण्डव न्यूजलाई बताए । ‘सामाग्री लिन गाडीहरु गएका छन आज साँझसम्म सामाग्री आईपुग्ला उनले भने ।’

गण्डकी प्रदेशका कोभिडका लागि अत्यावश्यक सामाग्रीहरुको अभाव भने नभएको उनको भनाई छ । उनले भने ‘अहिलेसम्म गण्डकीमा स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसारको सामाग्री आपूर्ति गरिरहेको छ, अभाव नै भएको त होईन, विदेशबाट आएपछि केहि सहज होला ।’

एन्टिजेनको सही सदुपयोग र कन्ट्याक्ट ट्रेसिङ लगायतका लागि आवश्यक पर्ने स्थानहरूमा प्रदेशका सम्बन्धित स्वास्थ्य संस्थाहरु, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमा समयमै एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.