www.tandavnews.com
Fact ~ In search of truth

विद्युतीय सवारी प्रयोग गर्दै ऊर्जामन्त्री

काठमाडौँ । 

सरकारले क्रमिक रुपमा सबै सरकारी निकायमा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउने भएको छ ।

शहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना जगाउने लक्ष्यका साथ विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको हो ।

सोही नीतिलाई अवलम्बन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आजदेखि विद्युतीय सवारी साधन प्रयोग गर्न थालेका हुन् ।

ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै उनले जारी गरेको श्वेतपत्रमा विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए । उनले जारी गरेको श्वेतपत्रको बुँदा नं ७२ मा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र विद्युतीय सवारी साधन प्रयोगलाई विशेष जोड दिइने उल्लेख छ ।

निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायत पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिने श्वेतपत्रमा भनिएको छ । विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आफूले उक्त निर्णय गरेको मन्त्री पुनको भनाइ छ ।-रासस

Lama collectio News Middle

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop