www.tandavnews.com
Fact ~ In search of truth

२०७५ मा पोखराको पर्यटन : ‘सन्तोषजनक भएन’

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

नेपालमा घुम्न आउने पर्यटकको पहिलो गन्तव्य हो पोखरा । पर्यटनको राजधानी पोखरामा बर्षभरि आन्तरिक तथा बाह्रय पर्यटकको भिड नै देखिन्छ । २०७५ को तथ्याङ्क अनुसार नेपालमा झन्डै १२ लाख पर्यटकको आगमन भएको भयो । नेपाल भित्रिन ती पर्यटकहरु मध्ये झन्डै ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । तर, २०७५ साल टुरिजम क्षेत्रका लागि व्यवसायिक हिसाबले सन्तोकजनक भने नरहेको ब्यवसायीहरु बताउँछन् ।

पोखरामा पर्यटनको आगमन हुन थालेको ५ दशक बितिसकेको छ । ५ दशक बितिसके पनि पोखराको टुरिजम व्यवसाय भने फस्टाउन सोचेअनुसार सकेको छैन । २०७२ सालमा गएको विनाशकारी भूकम्पले पनि पर्यटकीय व्यवसायमा ठुलो क्षतीपुग्यो । जसको असर अझै पनि हट्न सकेको छैन ।

Batas

२०७५ सालमा पर्यटन भित्र्याउन पोखरामा विभिन्न कार्यक्रमहरु गरियो । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्ष मनाउने घोषण समेत ग¥यो । त्यससँगै त्यहाँका पर्यटन व्यवसायमा विदेशी पाहुनालाई लोभ्याउन पर्यटनसँग सम्बन्धित बास देखि हरेक गतिविधिमा छुटको व्यवस्था गरियो ।

पर्यटकलाई आकर्षित गर्न होटल, रिसोर्ट, टुर्स एण्ड ट्राभल्स, टे«किङ, प्याराग्लाडिङ, बञ्जीजम्प, क्यानोनिङ, जीप फ्लायर लगायत खेलहरुमा छुट गरिएको थियो । अन्य विभिन्न कार्यक्रमसँगै हालै मात्रपोखरा बाट ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ समेत गरिएको छ ।

‘नेपाल बनाउँ, विश्वमा नेपाल चिनाउँ’ भन्ने नाराका साथ पोखराबाट भिजिट नेपाल २०२० को सुरुवात गरिएको हो । नेपाल भ्रमण बर्ष २०२० मा गण्डकी प्रदेशमा १० लाख २०२२ मा २० लाख बाह्यपर्यटन नेपालमा भित्र्याउने सरकारको योजनासंगै भिजिट नेपालको शुभारम्भ गरिएको हो ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घट्ना क्रमले गर्दा पनि पछिल्लो बर्षको पर्यटन व्यवसाय स्थिर रह्यो, विकाससँगै विनाश पनि हुदै गएकाले पर्यटन अवस्था बढ्न सकेको छैन,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भने । नेपालमा विदेशी पर्यटनको आगमन फस्टाउन नसक्नुमा हामीसँग अझै पनि प्रर्याप्त पूर्वाधार नरहेको तुलाचनले बताए । ‘हामीले पूर्वाधारलाई नै मुख्यप्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘हाम्रो देशमा राजमार्ग बाटो, सुरक्षाको ग्यारेन्टी, स्वास्थ्य सुविधा, पर्यटन पोलिसीको पनि राम्रो व्यवस्था हुन जरुरी छ ।’ वाह्य पर्यटक सँगै आन्तरिक पर्यटनले पर्यटन ब्यवसायमा केहि राहत भने पु¥याएको उनी बताउँछन् ।

‘२०७५ लाई हेर्दा बाह्यपर्यटन भन्दा पनि आन्तरिक पर्यटनको आगमन निकै राम्रो रहेको थियो, अहिले पोखरामा मिटिङ, सेमेनार, शैक्षिक भ्रमण, गोष्टी एंव विविध कार्यक्रहरुले गर्दा पनि आन्तरिक पर्यटनको आगमन निकै राम्रो देखियो,’ तुलाचनले भने ।

टुरिजम क्षेत्रमा पहिलो र दास्रो गरि दुई सिजनलाई छुट्टाइएको छ । त्यहिसिजन अनुसार पोखरामा घुम्न आउने विदेशी पाहुनाको मेन सिजन भनेर सेप्टेम्बर देखि नोभेम्बर महिना हो, मार्च देखि मे महिना दोस्रो मुख्य सिजन हो । तर पहिलो सिजन नै सन्तोषजनक नरहेको टानका अध्यक्ष हरि भुजेल बताउँछन् । ‘व्यापारीले व्यवसाय गरे पनि ०७५ साल त्यति उत्साहपूर्ण भने रहेन,’ उनले भने, ‘त्यति बेला व्यापार गर्ने सिजन भएपनि सञ्चालनमा नै धेरै कठिनाई भोग्नु परेको थियो ।’

ट्रेकिङका रुटहरु सडक मार्गले ध्वस्त पारेकोले पर्यटन ब्यवसाय धरापमा पर्दै गएको उनी बताउँछन् । ‘नेपाल आउने पर्यटक मुख्यतय ट्रेकिङको लागि आउने गर्छन, तर नेपालका सबै जसो ट्रेकिङ रुटहरुमा मोटर बाटो बनेकाले धुलो खाँदै हिड्नु पर्ने भएर विदेशीपाहुनाहरु ऋाउन कमी भएको तथ्याङ्कमा देखिएको छ,’ भुजेलले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.