www.tandavnews.com
Fact ~ In search of truth

भुमिहिन श्रमजिबी जनताका सारथि : भिम कार्की

पोखरा।
ने क पा एमालेको (तर्फबाट) कास्की क्षेत्र न २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्किलाइ उक्त निर्बाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथि भएको प्रतिक्रिया दिएका छ्न।

के पि ओलि नेतृत्वको एमाले सरकारद्वारा गठित भुमी सम्बन्धि समस्या समाधान आयोगमा केन्द्रिय सदस्य तथा प्रबक्ताका रूपमा काम गर्दा उनी हुँदा खाने जनताहरूका असल साथी भएको प्रमाणीत भएको स्थानियहरूले उल्लेख गरेका छ्न।

आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आबश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सबल उम्मेदवार कास्की २(१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई बिपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको दाबी छ। स्थानियहरूले सो कुरा आफ्नो निर्बाचन क्षेत्र कास्की २(१) का विभिन्न ठाउँका मतदाता सङ्ग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्किलाइ आश्वासन प्रदान गर्दै बताएका हुन। एमालेले बाडेका सपना कहिल्यै झुटा थिएनन ।

Batas

जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन ,गरेका कतिपय कामलाइ बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारेको भन्दै पोखरा १५ निबासी स्थानिय मुक्ति गुरुङले दुखेसो गरे।

अहिले आखामा छारो हाल्न निर्बाचनको मुखमा निस्सा बाडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रती सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए। हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरू देखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाइमा रहने पोखरा ७ निबासी स्थानिय निकेश श्रेष्ठले उल्लेख गरे।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.