www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भन्दै गालीगलौज गर्ने बालिका पक्राउ

काठमाडौं ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भन्दै तथानाम गाली गर्न थालेपछि एमाले कार्यकर्ता बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।नेकपा एमाले मुख्यालय थापाथलीबाट खड्कालाई पक्राउ गरिएको हो ।

यसअघि पनि मुख्यमन्त्री राईले आफूमाथि ‘यौन शोषण’ गरेर आफ्नो जीवन बर्बाद पारिदिएको भन्दै खड्काले पटक पटक सार्वजनिकरुपमा नै मुख्यमन्त्रीलाई गालीगलौज गर्दै आएकी थिइन् ।

Batas

आज बिहान पार्टी मुख्यालय धुम्बाराहीबाट थापाथली सर्ने क्रममा कार्यालयको निरीक्षणका लागि पुगेका मुख्यमन्त्री राईविरुद्ध खड्का आक्रोशित बनेकी थिईन् ।

राई कार्यालयबाट बाहिर निस्कने वित्तिकै बालिका खड्काले ‘बलात्कारी’ ‘बलात्कारी’ भन्दै तथानाम गालीगलौज गर्न थालेकी थिइन् । त्यसपछि महिला प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.