www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीको वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रमः ४० पिन्ट रगत संकलन

पोखरा, ताण्डव न्यूज

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम अन्तरगत आइतबार क्याम्पसले रक्तदान कार्यक्रमको आयोजना गर्यो । रेडक्रस सोसाइटीको पोखराको सहयोगमा आयोजित रक्तदानमा शिक्षक एवं विद्यार्थीले रक्तदान गरेका छन् । कार्यक्रमअघि क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै मानवीय कार्यबारे बोलेका थिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत क्याम्पसले अन्तरसंकाय फुटसल र सरसफाई कार्यक्रमसमेत गरेको छ । क्याम्पस परिवार संलग्न सरसफाइमा हालको क्याम्पस परिसरदेखि शान्तिवनस्थित निर्माणाधीन भवनसम्म सफाई एवं फोहोर व्यवस्थापन गरिएको छ । सरसफाई कार्यक्रममा बाबा फाउण्डेसन नेपालले ४ थान डस्टबीन र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको अन्य सहयोग रहेको थियो ।

Batas

क्याम्पसको वार्षिकोत्सव कार्यक्रम १४ गते मंगलबार आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी भइदिन क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, सरोकारवाला र स्थानीयलाई अनुरोधसमेत गरेकी छिन् ।

विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको नयाँबजारस्थित क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वामित्वको भवन निर्माण सुरु गरेको छ । उक्त भवनबाट आगामी शैक्षिक सत्रको सुरुवात हुने प्रमुख पराजुलीले बताइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.