www.tandavnews.com
Fact ~ In search of truth

कार्यक्रममा एक घण्टा ढिलो पुगेर ‘रोज’ युनिटले भन्यो ‘फिल्मको विषयवस्तु सशक्त छ’

पोखरा
ताण्डव न्यूज । 

मिड टाउन सिनेमाज बुधबार बिहान भरिभराउँ थियो । त्यसो त फिल्म हल प्राय: सधै जसो नै भरिभराउँ नै हुने गर्छ । तर बुधबारका दर्शक न फिल्म हेर्न आएका थिए, न फिल्म हेरी सकेर फर्केका नै थिए ।

भदौ २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोज’का कलाकार प्रचारको लागि आउने भन्ने खबरले पूरा मिडिया र फिल्मका शुभचिन्तकको बाक्लो उपस्थित देखिन्थ्यो ।

Batas

कतिपय नायक प्रदीप खड्कासँग सेल्फी खिच्नको लागि पनि पुगेको देखिन्थे । कार्यक्रम बिहान ९ बजे भनियो । १० बज्दापनि सुरु नहुने देखेपछि कति फर्के भने कति कलाकारको प्रतीक्षामै रहे । पपकन र कफी खाँदै कलाकार कुर्नु सिवाए अरु केही थिएन उपस्थितहरुको । एक घण्टाको धैर्यतापछि कलाकार झुल्किए । भन्दै थिए, ‘ढिला भएकोमा सरी है सबैलाई..।’

पोखराबाट देशभर प्रचारको सुरुआत गरेको टोली बुधबार यहाँका केही कलेजमा पुगी फिल्मको बारेमा जानकारी बाड्यो । अन्य फिल्ममा लभरव्वाइको भूमिका देखिँदै आएका नायक प्रदीप खड्का यो फिल्ममा क्रिमिनलमा देखिएका छन् ।

नायक खड्का भन्छन्, ‘फिल्मको विषयवस्तु सशक्त छ । सधै पोजेटिभ पात्रमा देखिएको मान्छेले नेगेटिभ भूमिका खेल्ने अवसर कमैले पाउँछ यस अर्थमा म लक्की छु जस्तो लाग्छ ।’

नर्मल सिधासाधा केटाले कसरी मान्छे मार्ने निर्णय गर्छ ? किन र कसरी मार्छ त भन्ने कुरा फिल्ममा देखाइएको उनले प्रस्टाए । उनले फिल्मको कथाले अन्तिम अवस्था सम्म पनि दर्शकलाई बाध्ने भन्ने विश्वास व्यक्त गरे । नायिका मिरुना मगर फिल्ममा वकिलको भूमिका देखिएको बताइन् । अर्की नायिका प्रमिता राणाले दर्शकको सर्पोट पाउने अपेक्षा प्रकट गरिन् ।

केही दिनअघि सार्वजानिक गरिएको फिल्मको ट्रेलरका अनुसार फिल्ममा प्रेम, धोका र बदलाको कथा हेर्न पाइनेछ । गोपिकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मलाई निरक पौडेलले निर्देशन गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.