www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारी र स्थानीयको अबरोध,पर्वतका २ जलबिद्युत आयोजना ठप्प

पर्वत ,
ताण्डव न्यूज ।

चौधरी ग्रुरुपले निर्माण गरिरहेको १४.८ मेगावाट क्षमताका मध्य मोदी जलविद्युत आयोजनाको काम झन्डै एक महिनादेखि रोकिएको छ ।

मोदी गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको सुरुङ निर्माण कार्यमा स्थानीयवासीले क्षतिपूर्तिको माग गर्दै अवरोध गरेपछि जेठ ८ गते देखि निर्माण कार्य रोकिएको छ ।जलविद्युत आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोटन गर्दा घर संरचनाहरूमा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति दिनुपर्ने माग प्रभावितहरूको छ।

Batas

मोदी गाउँपालिका वडा नं. १ र २ का मख, ठाना, कल्लेनी र ओखलेमा रहेका बस्तीका घरहरू भूकम्पले झैँ भत्किन थालेपछि भुगर्व्विद र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकममा पुर्नमुल्याँकन गर्नुपर्ने माग प्रभावितहरूले राखेका छन ।

यस्तै, निर्माणाधिन अवस्थामा रहेको तल्लो मोदी जलविद्युत आयोजनामा कार्यरत कामदार तथा कर्मचारीहरूले स्वतः स्थायी हुनुपर्ने, स्थायी नहुने तथा जागिर छाड्न चाहने कर्मचारीलाई एकमुष्ट २० लाख उपदान स्वरूप प्रदान गरिनुपर्ने माग राखेर गत जेठ २० गतेदेखि आयोजनाको काम रोकेका छन ।

उनीहरूले कुस्मा नगरपालिका–७ मा रहेको आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुको साथै विद्युतगृह, हेडर्बक्स र सुरुङमा भइरहेको काम पनि ठप्प पारेका छन ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा कार्यरत कामदार र कर्मचारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने तथा विद्युतगृह लगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग पनि राखेका छन ।

तर आयोजनाका सञ्चालकहरू भने निर्माणको समयमा ठेकेदार कम्पनीमा कार्यरत कर्मचारीहरूले निर्माण कार्य सकिएपछि स्वतः अवकाशमा जाने अवस्थामा अनावश्यक दबाब दिएको बताउँदै कर्मचारीका माग पुरा गर्न अस्वीकार गर्दै आएको छ ।

मध्य मोदी र तल्लो मोदी खोला जलविद्युत आयोजनामा अवरोध भएपछि आयोजना तथा कर्मचारी र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा सहमतिका लागि पटक पटक प्रयास भए पनि सहमति कायम हुन सकिरहेको छैन ।जिल्ला समन्वय समितिको पहलमा स्थानीय प्रशासन र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा भएका छलफल पनि बिना निष्कर्ष टुंगिएका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.