www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब

काठमाडौँ । 

बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ ।

बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

Batas

साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ ।

नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण तीन÷तीन अङ्क जोडिसकेका छन् ।

त्यसैले पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको ढाकामा रहेका एन्फा उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।“आजको खेल नेपालका लागि गर या मरको अवस्था हो” उनले भने ।

नेपालले भुटानसँग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २–० ले हराएको थियो । यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३–१ ले हराएको थियो ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.