www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीमा विद्यार्थीलाई लगाइयो खोप, अब भौतिक कक्षा सुरु

ताण्डव

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई आज कोरोना विरुद्धका खोप ‘भेरोसेल’ लगाइएको छ ।

त्रिभुवन विश्वविद्यालयले सुरक्षाको मापदण्ड अपनाएर भौतिकरुपमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि क्याम्पसले सम्भव भएसम्म विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । सोही तयारीस्वरुप पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वयमा खोप उपलब्ध गराइएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।

Batas
खोपका लागि लामबद्ध विद्यार्थीहरु

‘कक्षा सञ्चालनभन्दा पनि विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक ठान्यौ’ प्रमुख पराजुलीले भनिन् ‘हामीले महानगरको स्वास्थ्य शाखासँग अनुरोध गरेपछि आज विद्यार्थीलाई खोप प्रदान गरेका छौं ।’ अझै केही विद्यार्थीहरु पोखरा बाहिर भएको जनाउँदै पराजुलीले यथाशक्य खोप प्रदान गर्ने बताइन् । आज क्याम्पस परिसरमा २ सय ५२ विद्यार्थीले भेरोसेलको पहिलो डोज लगाएका छन् ।

पहिलो डोज लगाएका विद्यार्थीलाई निर्धारित समयमा दोस्रो डोज उपलब्ध गराउने क्याम्पस प्रशासनले जनाएको छ । यससँगै बिहीबारदेखि सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाई भौतिकरुपमै कक्षा सञ्चालन हुने भएको छ ।

विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वमित्वको भवन निर्माण सुरु गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.