www.tandavnews.com
Fact ~ In search of truth

हिट एण्ड रन : प्रहरी मार्ने कार अझै पत्ता लागेन

पोखरा
ताण्डव न्यूज ।

पोखरा–५ मालेपाटनस्थित विश्वास पेट्रोल पम्प अगाडी एक कारले प्रहरीलाई किचेर भागेको ‘हिट एण्ड रन’ को घटना अझै रहस्यको गर्भमै छ ।

भदौ १४ गते राती दुर्घटनामा परेका प्रहरी जवान रामप्रसाद पौडेललाई उद्धार गर्नुको सट्टा उल्टै किचेर भागेको गाडीको पहिचान हुन सकेको छैन् ।

Batas

कास्की प्रहरीले अनुसन्धानको क्रममा ७० वटा भन्दा धेरै प्राइभेट कारलाई सोछपुछ गरेपनि अझै पत्ता लगाउन सकेको छैन् । अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता रविन्द्रमान गुरुङले बताए ।  ‘हामीले धेरै गाडीहरु ल्याएर सोधपुछ पनि गरेका छौ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ छिट्टै पत्ता लगाउने छौ ।’

घटना क्रम

घटना भदौ १४ गते रातीको हो । मालेपाटन विश्वास पेट्रोल पप्प आगाडी । राती करिब १० बजेतिर एउटा सवरीले सडक विचमा रहेको गाईलाई ठक्कर दिन्छ । गाई सडकमै बजारिन्छ ।

पर्स्याङ चोकबाट राती ११ बजेतिर जिरो आउदै गरेको बा ३३ प ७५२३ नम्बरको मोटरसाईकका चालक विचबाटमा गाई छटपटाई रहेको देखेपछि अलमलिन्छ । मोटरसाईकल चलाएका प्रहरी जवान अनिल गुरुङ मोटरसाईकल नियन्त्रण गर्न सक्दैनन् र सडकमा बजारिन्छ ।

अनिललाई सामान्य चोट लाग्छ र पौडेलाई अलि धेरै चोट लाग्छ । मोटरसाईकल सडकमा पल्टिएको आवाज सुनेपछि स्थानीय सडकमै आउँछन् । गम्भीर घाइते भएका पौडेलले अनुहारमा लागेको रगत पुछ्दै थिए । घटना देख्नासाथ स्थानीयले अन्य सवारीसँग गुहार माग्ने भनेर सडक तिर हेर्दै थिए ।

त्यतिकैमा पस्र्याङ चोकबाट आउँदै गरेको एउटा सेतो–सेतो जस्तो रङको प्राईभेट कार आउँदै थियो । उनीहरुले त्यही कारसँग लिफ्ट माग्ने भन्दै हातको इशाराले रोक्दै थिए । त्यो कारले रोक्न त परै जाओस उल्टो सडकमा छटपटाई रहेका प्रहरी पौडेललाई किल्चेर भागे ।

त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे । घटना स्थलमा प्रहरी आए । त्यो रातभर कास्की प्रहरी सुतेन । किचेर जाने गाडीलाई त्यही रातभरी पनि खोज्यो तर केही पत्तो पाएन् र अहिलेसम्म पनि खोजी कार्य जारी छ ।

भेटेन सिसि क्यामेराले

मालेपाटन जुन ठाँउमा ‘हिट एण्ड रन’ काण्ड भयो, त्यसकै दाहिने पट्टी एक घरमा सिसि क्यामेरा थियो । तर सिसि क्यामेरालेपनि त्यो हानेर भाग्ने गाडीको आकृती, रंङ र मोडल पत्ता लगाउन सकेन् ।

रातीको समयको भएको हुनाले सिसि क्यामेराले राम्रोसँग दृष्य कैद गर्न नसकेको कास्की प्रहरीको भनाई छ । त्यो क्यामेरा मात्र होइन जिरो किलो मिटरसम्म कुनै पनि क्यामेराले स्पष्ट हुने गरि दृष्य कैद गर्न सकेन ।

त्यहाँ मात्र होइन त्यो गाडीले प्रहरीलाई किचेर यदी जिरो हुदै लेकसाईड गएको रहेछ भने, बाटोमा करिब १ दर्जन भन्दा धेरै ठाँउमा सिसि क्यामेरा छन् । फेरी जिरो हुदै पृथ्वी चोक नै लागेको भएपनि बाटोमा सिसि क्यामेराको कुनै कमी छैन् ।

फुटेज डिजिटल ल्याबमा टेस्ट गर्न पठाइयो

‘हिट एण्ड रन’ घटना भएपछि भोली पल्टनै जिल्ला प्रहरी कार्यालय कास्की त्यो कारको खोजी तिव्र पा¥यो । कहिंकतै केही सुराक नपाएपछि कास्की प्रहरीले सिसि क्यामेरालाई फोकस गर्न थाल्यो ।

त्यो बाटोमा पर्ने सबै सिसि क्यामेरा हेर्दा गाडीको पहिचान हुन सकेन् । त्यसपछि कास्की प्रहरीले प्राप्त गरेको भिडियो फुटेज चेक गर्न डिजिटल ल्याब काठमाडांैमा पठाएको छ । त्यसले भिजुअल अलि किलियर बनाउने एक प्रहरीले बताए ।

‘यहाँको सिसि क्यामेराले रातीको समय भएको हुनाले राम्रोसँग क्लीयर आउने गरि खिच्न सकेन्,’ उनले भने, ‘त्यो भिडियो क्लीयर बनाउन हेडक्वाटर काठमाडौ पठाएका छौ ।’

ल्याबले गाडीको कलर र मोडल मात्र पत्ता लाई दिए छिट्टै पक्राउ पर्ने उनको भनाई थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.