पोखरा
ताण्डव न्यूज।
विना अनुमती मुल बाटोलाई नै असर पर्ने गरि बाटो खन्ने डोजरलाई रोक्दा पोखरा महानगरपालिका–२१ का वडा अध्यक्ष खगराज आचार्यलाई एक व्यक्तिले धम्की दिएका छन् ।
कृष्ती नाउडीमा विना अनुमती टिकाराम सुवेदीको जग्गा खार्न डोजर चलाएको भनेर स्थानीयको गुनासो आएपछि वडाध्यक्ष आचार्य शनिबार प्रहरीको सहयोगमा उक्त स्थानमा पुगी चावी निकालेका थिए ।

विना अनुमती त्यो पनि मुलबाटोलाई नै असर पर्ने गरि खन्ने काम भएपछि आफूले रोकेको वडाअध्यक्ष आचार्यले बताए । ‘हामीले डोजरको चावी प्रहरीकहाँ बुझाएपछि, मलाई एक जना व्यक्तिले त फटाहा को हो ? भन्दै धम्काएको छ,’ उनले ताण्डव न्यूजसँग भने, ‘मैले तपाई को हो ? भनेर सोधे उनले म पोखरा–१७ वडाध्यक्षको ज्वाई पर्ने बताए । मैले घटना बारे मेयर सायबलाई पनि भनिसकेको छु ।’
कसैको नाता हेरेर आफूले गैरकानूनी काम गर्न नदिने अध्यक्ष आचार्यको भनाई छ । ‘मलाई पछि १७ का वडाध्यक्ष तीर्थले पनि मेरो डोजर हो भन्दै फोन गरेका थिए,’ उनले भने, ‘जो सुकैको डोजर होस गलत काम गर्नेलाई छाडिदैन् ।
पोखरा १७का वडाध्यक्ष तीर्थराज अधिकारीले आफ्नो डोजर मागेर लगिएको बताएका छन् ।
‘ब्यक्तिगत जग्गामा सानो कामकालागि भनेर लिएर गएका थिए, ’ उनले भने ‘सानो कुरालाई २१ का वडाध्यक्ष आचार्यले ठूलो इस्यू बनाए ।ब्यक्तिले आफ्नो जग्गामा ट्यांकी बनाउन, नाला बनाउन, अनुमति लिइरहनु पर्छ र ? ’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.