www.tandavnews.com
Fact ~ In search of truth

लभ्ली डाँडामा झुण्डिएका जोडीको पहिचान खुल्यो

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१९ लभ्ली डाँडामा महिला पुरुष झुण्डिएको अवस्थामा फेला परेको जोडीको पहिचान खुलेको छ ।

स्याङजा पुतलीबजार–९ घर भएका मनबहादुर भण्डारी र पोखरा बाझापाटनकी शशी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी ओमबहादुर रानाले जानकारी दिए । ‘केटा गाडीमा काम गर्ने हो भन्ने खबर पाएका छौ,’ उनले भने, ‘उनीहरु केही दिन अघि हराएको भनी हामीकहाँ उजुरी आएको थियो ।’

Batas

रानाका अनुसार उनीहरु १५ दिन अगाडी हराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन परेको थियो । आज दिउँसो लभ्ली डाँडाको रुखको एउटै हाँगामा दुई छुट्टाछुटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेपछि वडा प्रहरी कार्यालय वैदामले अनुसन्धान थालेको हो ।

machhapuchre
madi

शव सडेको अवस्थामा थियो । पुरुषको गोजीबाट प्रहरीले नागरिकता समेत फेला पारेपछि सोही नामको उजुरी कास्की प्रहरीकहाँ परेको थियो ।

त्यसपछि उजुरी दिने सम्बन्धी व्यक्तिलाई शवको पहिचान गर्न प्रहरीले बोलाएपछि पहिचान खुलेको हो ।

के कारणले झुण्डिएको भन्ने अझै खुल्न नसकेको कास्की प्रहरीको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.