पोखरा
ताण्डव न्यूज ।
चाडपर्वको आगमनसँगै कास्कीमा मात्र होइन देशभरी चोरीको घटना बढ्छन् । सामान्य कुराको ध्यान नदिँदा चोरी हुने गरेको प्रहरी अधिकृत बताउँछन् । हुन त, चोरी नियन्त्रण गर्ने र चोर समाउने जिम्मा प्रहरीको हो ।
तर स्थानीयनै सजक भए भने ५० प्रतिशत भन्दा धेरै चोरीको घटना कम हुने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले बताए । ‘यति वेला चोरले पैसा, सुन र इलोट्रोनिक समानमा बढि ध्यान दिएको पाइन्छ,’ उनले भने, ‘यि समान सजिलै बोक्न सकिने हँुदा यसमा चोरको आकर्षण बढेको हो ।’

डिएसपी कार्कीका अनुसार सहरी क्षेत्रमा दिउसो १ बजेदेखि ३ बजेसम्म र राती १ बजेपछि चोरी हुने गरेको छ । ‘घरमा कोही नभएको मौका पारेर १ बजेदेखि ३ बजे भित्र धेरै चोरी भएको पाइन्छ र सहरी क्षेत्रमा राती १२ बजेसम्म प्राय मान्छे नसुत्ने भएकाले १ बजेपछि चोरी हुने गरेको छ ।’
ग्रामिण क्षेत्रमा भने अली फरक रहेको उनी सुनाउँछन् । ‘सहरको तुलनामा गाउँमा धेरै चोरी हुने समय फरक छ,’ उनले भने, ‘गाउँमा मान्छेहरु छिटै सुत्छन्, त्यही भएर ११ बजेदेखि ३ बजेसम्म धेरै चोरी भएको पाइन्छ ।’
चोरी गर्न सजिलो हुने ठाउँमा नै चोर आउने उनको भनाई थियो । ‘साँघुरो गल्ली, बत्ती नभएको ठाउँमा धेरै चोरी हुन्छ,’ उनले भने, ‘अब प्रत्येक गल्लीमा बत्ती र सकिन्छ भने प्रत्येकका घरमा सीसी क्यामेरा केही नभए टोल टोलमा सीसी क्यामेरा भयो भने ५० प्रतिशत चोरीको घटना कम हुन्छ ।’
चोरीको घटना कम गराउन स्थानीयकै महत्वपूर्ण भूमिका रहने उनले बताए । ‘आफूले घर छोडर जाने वेलामा कि नजिकैको प्रहरीकहाँ खबर गर्नु प¥यो होइन भने छिमेकीलाई भन्नु प¥यो,’ उनले भने, ‘त्यति मात्र गर्न सकियो भने चोरीको घटनामा धेरै नियन्त्रण आउँछ ।’
विशेषगरी गरि इलोट्रोनिक समानहरुमा सुरक्षा अपनाउन सकिने उनले बताए । ‘ मोबाइल र ल्यापटपमा सुरक्षाको लागि एप राख्न सकिन्छ, जसले गर्दा समान चोरी भएपछि पत्ता लगाउन सजिलो हुन्छ,’ उनले भने, ‘सानो कुरामा ध्यान पु¥याउने हो भने ठूलो क्षती हुनबाट रोकिन्छ ।’
त्यसैगरी घर भाडामा दिंदा ख्याल गर्नुपर्ने उनले सुनाए । ‘को मान्छे घर भाडामा बसेको छ, उसको सबै जानकारी राख्नु पर्छ,’ उनले भने, ‘कुनै त्यस्तो शंका लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्नु पर्छ ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.