काठमाडौँ, (रासस)ः
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
आज बिहान शुभकामना सन्देश दिँदै नेता पौडेलले बहुभाषा, जाति, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा मित्रता, सहिष्णुता, सामाजिक एकता, सदभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउनुका साथै सामाजिक रुपान्तरण, मुलुकको परिर्वतन र विकासका लागि हातेमालो गरेर अघि बढ्न समेत प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्ने सन्दर्भ उल्लेख गर्दै उहाँले यस प्रकारको पर्वलाई मितव्ययी बनाएर उल्लासपूर्वक मनाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरे ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.