www.tandavnews.com
Fact ~ In search of truth

युनिक्याम्पसको ‘गो अष्ट्रेलिया एजुकेशन फेयर’

पाेखरा
ताण्डव न्यूज ।

युनिक्याम्पस ग्लोवलले अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै ‘गो अष्ट्रेलिया एजुकेशन फेयर’ गर्ने भएको छ ।

सन् २००१ मा स्थापना भएको यस युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधी गर्न जाने विद्याथीलाई लक्षित गरी फेयरको आयोजना गरिएको युनिक्याम्पस ग्लोवल पोखराका विजनेस डेभलपमेन्ट म्यानेजर सुरज रानाले बताए । युनिक्याम्पस ग्लोवलले यहि असोज ६ गते बुटवल, ७ गते चितवन, ८ गते पोखरा र १० गते पुतलीसडक काठमाडौंमा फेयर गर्न लागेको हो ।

Batas

युनिक्याम्पसले अष्ट्रेलियाका ख्याती प्राप्त कलेजका अलावा सरकारी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थिती गराएर त्यहाँको शैक्षिक अवस्था, विद्यार्थीले पाउने छात्रबृत्ति तथा पढाईको अवसरको बारेमा विद्यार्थी तथा अभिभावकहरुसँग अन्र्तक्रिया गर्नेुको साथै यस गो अष्ट्रेलिया एजुकेशन फेयरमा आउने सबै विद्यार्थीहरुलाई एकसयको रिचार्जकार्ड फ्रि र एक जनालाई सामसुङ ग्ल्याक्सी ट्याव उपलब्ध गराउने युनिक्याम्पस ग्लोवल पोखराका सञ्चालक शिव वाग्लेले जानकारी दिए ।

प्राइभेट कलेजमा अध्ययन गर्दा भन्दा सरकारी कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्दा विद्यार्थीलाई हुने फाइदा, शिक्षाको गुणस्तर तथा अध्ययन पछिको अवसरका बारेमा यर्थाथ जानकारी गराउने उद्देश्यले फेयरको आयोजना गरिएको वाग्लेले प्रस्टाए ।

फेयरमा विद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाको जानकारी लिइ त्यहि अनुसारको कलेज तथा विश्वविद्यालय छनोटमा युनिक्याम्पसका काउन्सिलरहरु र युनिर्भरसिटीका प्रतिनिधीहरुले सहजीकरण गर्नेछन् ।

असोज ८ गते पोखराको विरौटा स्थित पोखरा ग्रान्डमामा सम्पन्न हुने युनिक्याम्पसले जनाएको छ । युनिक्याम्पसले अष्ट्रेलिया, अमेरिका, थाइल्याण्ड तथा भारतमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्शको साथै भिषा आवेदन गर्दा सहयोग गदै आएको छ ।

युनिक्याम्पस ग्लोवल पोखराले विद्यार्थीलाई आइईएलटिस, टोफलका तयारी कक्षाहरुका साथै आइटी कक्षाहरु समेत सञ्चालन गर्दछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.