पोखरा
ताण्डव न्यूज ।
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख तथा डिएसपी विष्णुबरसिंह थापालाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले स्पष्टीकरण मागेका छन् ।
दोहोरी व्यवसायीलाई अनावश्यक दुख दिएको र दोहोरीमा काम गर्ने महिलाहरुको इज्जत प्रतिष्ठामा आच आउने शब्द बोलेको विषयमा विवादमा परेपछि डिएसपी थापालाई एसपी रानाले १५ दिन भित्र स्पष्टकरण पेश गर्न निर्देशन दिएका हुन् । ‘यदी गल्ती गरको पाइएमा तुरुन्तै कारवाही गर्छु,’ उनले भने, ‘चित्त बुझ्दो हुने गरि स्पष्टीकरण मागेको छु ।’
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
डिएसपी थापाले सात ताल दोहोरी साँझ ताल चोकका सञ्चालक सुनिल बस्नेतलाई अनावश्यक दुख दिएको आरोप लागेको थियो । दोहोरीमा खाएर रकम नतिरेको युवालाई कारवाही गर्नुको सट्टा उल्टो छाडिदिएको र डिएसपी थापाले दोहोरीमा काम गर्ने महिलालाई अपशब्द प्रयोग गरेर सम्बोधन गरेको आरोप समेत लागेको थियो ।
यसै विषयलाई लिएर लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङ, उपाध्यक्ष वीरेन्द्र केसीसहितको टोली कास्की प्रहरीकहाँ पुगेका थिए । अध्यक्ष गुरुङले व्यवसायिक मर्यादा पालना गरेर अघि बढेको दोहोरीलाई अनावश्यक दुख दिन नहुने बताए ।
‘यदी कुनै व्यवसायीले गलत गर्छ भने कानुनको दायरामा ल्याउनु पर्छ, बरु हामी पनि सहयोग गछौ,’ उनले भने, ‘तर गल्तीनै नभएको व्यवसायीलाई अनावश्यक दुख दिन हँुदैन् । धेरैले दोहोरीलाई हेर्ने नजर फरक भएको हुनाले यस क्षेत्रलाई मर्यादित बनाउन सबैले ध्यान दिनुपर्छ ।’
यो पनि पढ्नुहोस्
रिसिवि साध्न लेखनाथका डिएसपी थापाद्धारा मनपरी कानून
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.