www.tandavnews.com
Fact ~ In search of truth

४ नं प्रदेश प्रहरीको सूचना अधिकारीमा डिएसपी पुरी

पोखरा
ताण्डव न्यूज ।

४ नं प्रदेश प्रहरी कार्यालय पोखराको सूचना अधिकारी डिएसपी गोविन्द पुरीलाई तोकिएको छ । यसअघि इलाका प्रहरी कार्यालय शिशुवाको जिम्मा समालेका डिएसपी पुरी प्रदेश प्रहरी कार्यालय आएको २ महिना भएको छ ।

पुरीले बिहीबारदेखि सूचना अधिकारीको जिम्मा समालेका हुन । ‘सूचना अधिकारीको जिम्मा हिजोबाट समालेको हुँ,’ डिएसपीले भने, ‘आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नेछु ।’

Batas

पुरीलाई गण्डकी प्रदेश लेख्नुपर्नेमा ४ नं प्रदेश किन ? भन्ने प्रश्नमा उनले प्रधान कार्यालयबाटै नाम नआएको हुनले नलेखिएको बताए । ‘गण्डकी प्रदेश भयो, तर हामीकहाँ गृह मन्त्रालय र प्रधान प्रहरी कार्यालयबाट आधिकारिक पत्र नआएसम्म लेख्न मिल्दैन् ।

यो प्रक्रियमै भएको हुनाले हामीले ४ नम्बर प्रदेश लेखेका हौ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.