www.tandavnews.com
Fact ~ In search of truth

बिरौटामा एक पुरुषको शव फेला

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१७ विरौटा मुसेचुणा भन्ने ठाँउमा एक जना पुरुषको शव शनिबार (आज)फेला परेको छ ।

अन्दाजी ४० वर्ष जस्तो देखिने पुरुषको शव कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए ।

Batas

‘विहान पानी लगाउन जाने स्थानीयले देखेर हामीलाई खबर गरेका थिए,’ उनले भने, ‘शव हेर्दा दुई तीन दिन पुरानो हुनु पर्छ । को हुन् भनेर पहिचान खुल्ने कुनै आधार प्रमाण छैन ।’

मंगोलियन अनुहार भएका, सेतो डिसर्ट, निलो जिन्स, कानमा मुद्रा अनि रातो कपाल भएका उनको हाइट करिब ५ फिट ३ इन्च रहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.