www.tandavnews.com
Fact ~ In search of truth

तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

काठमाडौँ ।

तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एशिड प्रहार गरेका थिए ।

Batas

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार एशिडका कारण सम्झनाको कम्मर माथिको अधिकांश भाग जलेको थियो । आक्रमण गरेको आशङ्कामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.