www.tandavnews.com
Fact ~ In search of truth

प्रथम केभसिटी मिडिया कपको उपाधी बवाल छ डट कमलाई

पोखरा, 

प्रथम केभसिटी मिडिया कप भलिवलको उपाधी बवाल छ डटकमले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक केभसिटी मिडियालाई पराजित गर्दै बवालले प्रथम केभसिटी मिडिया कपको उपाधी हात पारेको हो । उपाधी संगै बवाल छ डटकमले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । द्धितिय हुदै केभसिटी मिडियाले नगद २२ हजार, २ सय २२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

स्वास्थ्य र सदभावका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालित उक्त प्रतियोगितामा १२ वटा मिडियाको सहभागीता रहेको थियो । प्रतियोगितामा वेष्ट प्लेयरको उपाधी एबिसी टेलिभिजन गण्डकी प्रदेशका रिपोर्टर सुशान्त गाहा मगर, उत्कृष्ट सटर नागरिक दैनिक पोखराका संवाददाता बिसन क्षेत्री, उत्कृष्ट सर्वर बवाल छ डटकमका तुल बहादुर गुरुङ, उत्कृष्ट लिफ्टरको उपाधी रेडियो तरंगका प्राविधीक सुमिन सुनार र अन्नपूर्ण पोष्टले अनुशासित टीमको उपाधी हात पारे ।

Batas

प्रतियोगिताका विजयीहरुलाई गण्डकी प्रदेश संसद बिकास समितीका सभापति तथा पश्चिमाञ्चल खेलकुद बिकास समितीका पूर्व अध्यक्ष माननिय दीपक कोइराला, विशेष सहयोगी कृष्ण सुनार र केभसिटी मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरस्कार वितरण गर्दै प्रमुख अतिथी दीपक कोइरालाले प्रतियोगिताले खेल पर्यटनको बिकासमा विशेष टेवा पुर्याउने विश्वास ब्यक्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका, कृष्ण सुनार, कमल केसीको विशेष सहयोग, जिल्ला भलिवल संघ कास्की, पोखरा भलिवल ट्रेनिङ सेन्टर र राष्ट्रिय माविको प्राविधीक सहयोग रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.