www.tandavnews.com
Fact ~ In search of truth

न्युजिल्याण्डमा नेपालीहरुको खेलकुद महोत्सव सुरु

पोखरा
ताण्डव न्यूज ।

न्युजिल्याण्डमा नेपालीहरुको खेलकुद महोत्सव शुरु भएको छ । न्युजिल्याण्डमा रहेका नेपालीहरुलाई लक्षित गरी न्युजिल्याण्ड नेपाल सोसाईटीको आयोजनामा १ सेप्टेबरदेखी सुरु भएको खेलकुद महोत्सव ६ अक्टोबरसम्म हुने छ ।

महोत्सवमा क्यार्यामबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लगभग ४० जना खेलाडी सहभागी थिए । प्रतियोगितामा किड्स तर्फको खेलमा मनित केसी र अर्पित अर्याल प्रथम भएका छन् । आरोन श्रेष्ठ र कमल खरेलले दोस्रो स्थान हात पारे ।

Batas

महिला तर्फ प्रथम स्थान रुपा थापा र सुस्मा फुँयालले हात पारेका छन् भने दोस्रो स्थान मिना पौडेल र नोरिका ताम्राकार भएका छन् । बयस्क तर्फ प्रथम स्थान प्रमोद देवकोटा र इन्दु श्रेष्ठले हात पारेका छन् । गणेश बजगाई र बिक्रम फुँयालले दोस्रो स्थान हात पारेका छन् ।

महोत्सव अन्र्तगतका प्रतियोगिता हरेक हप्ता आयोजना हुने न्युजिल्याण्ड नेपाल सोसाईटीका सह–सचिब प्रयाश क्षेत्रिले बताए ।

प्रतियोगिता हरेक बर्ष आयोजना हुदै आएको छ । नेपाली समुदाय बीच परिचय र मित्रता बढोस भन्ने उदेश्यका साथ खेलकुद महोसव आयोजना गरिएको सोसाईटीका अधक्ष्य दिनेश खड्काले बताए ।

प्रतियोगिता अनुसार सेपटेमबर ८ र १५ तारिकमा ब्याडमिनटन प्रतियोगिता, सेपटेमबर २२ मा चेस, २९ मा फुटसल र अकटोबर ६ मा टेबल टेनिश हुदै खेलकुद महोसव समापन हुने खड्काले बताए ।  सोसाईटीले समय समयमा नेपालीहरुलाई लक्षित गरेर रचनात्मक कार्यक्रम गर्दै आएको सह–सचिब प्रयाश क्षेत्रिले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.