www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीमा भर्ना खुल्यो, प्रहरी जवानको सबैभन्दा बढी माग

पाेखरा ।

नेपाल प्रहरीको रिक्त दरबन्दीमा भर्ना खुलेको छ । हाल प्रहरीमा रिक्त रहेको ७ हजार २ सय ५६ पदमा भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदहरुमा प्रहरी प्रधान कार्यालयले सोमबार (आज ) भर्ना आह्वान गरेको हो । रिक्त पद मध्ये सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ ।

Batas

जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी कार्यालय सहयोगी (खेलाडी)पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.