www.tandavnews.com
Fact ~ In search of truth

पोखरालाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्त्व्य बनाउन चार देशका टुर व्यवसायीबीच छलफल

पोखरा ।

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पहिलोपटक बिजनेस टु बिजनेस(बिटुबी) व्यवसायीक छलफल आज पोखरामा सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बिटुबीको माध्यमबाट पोखरालगायत समग्र नेपालमा पर्यटनको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

Batas

कार्यक्रम संयोजक टीकाराम सापकोटाले आगामी वर्ष पोखरा ट्राभल मार्ट आयोजना गर्नमा यो व्यावसायिक छलफल सहयोगी हुने बताउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको र सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

यस्ता कार्यक्रमको माध्यमबाट पर्यटकको आगमनमा व्यापक वृद्धि हुने विश्वास व्यक्त गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.