www.tandavnews.com
Fact ~ In search of truth

खेलमैदान खाली गर्न पहल

कुश्मा,पर्वत

पर्वत सदरमुकाम कुश्मा नगरपालिका–५ बडागाउँस्थित सशस्त्र प्रहरीले प्रयोग गर्दैै आइरहेको पुरानो खेलमैदान फिर्ता गर्न पहल शुरु गरिएको छ ।

बडागाउँ चौर २०५८ सालदेखि सशस्त्र प्रहरी बलको चण्डिका गणले प्रयोग गर्दै आएको छ । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा सशस्त्र प्रहरीले सो चौर प्रयोग गरेको हो । विभिन्न खेल प्रतियोगिता हुने मैदानलाई पुनः प्रयोगमा ल्याई सशस्त्र प्रहरीलाई अन्यत्र स्थानन्तरण गर्न स्थानीयवासीले माग गर्दै आएका छन् ।

Batas

स्थानीयवासीका अनुसार ८३ रोपनी जग्गा जिल्ला खेलकूद विकास समितिको नाममा रहेको छ । हाल त्यहाँ तैनाथ चण्डिका गणले धौलागिरिका चार जिल्ला हेर्दै आएको छ । सो मैदानबारे कुश्माका बासिन्दाले पटक–पटक सम्बन्धित विभाग, मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म लिखित र मौखिक जानकारी गराइसकेका छन् ।

अहिले त्यसबारे छलफल भइरहेको जिल्ला समन्वय समितिका संयोजक मनोहर पौडेलले बताउनुभयो । “सदरमुकाममा खेलमैदानको अभाव छ, शसस्त्र प्रहरीले मैदान ओगट्दा खेलकूद गतिविधि शून्य भएको छ,” उनले भने । विसं २०५८ अघिसम्म जिल्लामा आयोजना गरिने खेल गतिविधि र सार्वजनिक कार्यक्रम सो मैदानमा गरिँदै आएको थियो । अहिले सार्वजनिक कार्यक्रम गर्न खुला चौरको अभाव छ ।

खुला चौरको अभावमा बान्द्रेबिंडीस्थित साँघुरो चौरमा अहिले विभिन्न कार्यक्रम गर्ने गरिएको छ । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हरिओम शर्मा लामिछाने यहाँको पहिचान भनेकै खेल मैदान भएको बताउछन् । “खेलमैदान नहुँदा धौलागिरिकै खेल गतिविधिमा बाधा पुगेको छ,” उनले भने ।

जिल्ला वन कार्यालय, कर्मचारी मिलन केन्द्र, साविक जिल्ला विकास समिति र पशुसेवा कार्यालयको नाममा रहेको जग्गा उपयोग गरी चण्डिका गण स्थानान्तरण गर्न सकिने अवस्था छ । सो जग्गा अपुग भए स्थानीय बडागाउँ सामुदायिक वनको केही जग्गा समेत उपयोगमा ल्याउन सकिने वन उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र पौडेलले बताए।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.