www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बागलुङ सडक २४ सै घण्टा सुचारु

पर्वत
संजय रेग्मी ।

सडक बिस्तारका क्रममा दैनिक रुपमा सात घण्टा अबरुद्ध हुँदै आएको पोखरा–बागलुङ सडक खण्ड शनिबार हिजो देखि चौबीसै घण्टा सुचारु भएको छ ।

पोखरा–बागलुङ सडक खण्डलाई मध्यपहाडी लोकमार्गको रुपमा विकसित गर्न लागिएपछि सडक बिस्तारका क्रमममा भीर र चट्टान कटानको लागि दैनिक रुपमा सात घण्टा सम्म बन्द गरिने गरिएको थियो । दशैंको अवसरमा साविकको धौलागिरीका चार जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत भित्रिने स्थानीय नागरिक तथा दशैँको अवसरमा मुस्ताङ घुम्न जाने पर्यटकहरुलाई पर्न सक्ने अप्ठ्यारोका कारण सडकलाई चौबीसै घण्टा सुचारु गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

Batas

दशैं शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरि काम गरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि खरेहा गेट सम्म असोज १ गते देखि दैनिक सात घण्टा बन्द हुँदै आएको थियो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर र दोबिल्ला देखि चुवा सम्मको चुवा भीरमा सडक फराकिलो बनाउने काम भैरहेको छ ।

अहिले पनि सडक मर्मत गर्दा यात्रुलाई मर्का नपर्ने गरि जाम हुँदा साथ सवारीका साधन वारपार गराउने काम भैरहेकोे निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ । आयोजना अन्तर्गत पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतीको काम लामा कन्सट्रक्सन प्रा.लि.ले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको हो ।

सडक खण्ड अन्तर्गत अहिले सम्म झण्डै १५ प्रतिशत काम सकिएको छ । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशैँ तिहार लगत्तै कामलाई अझै तीब्र बनाउने निर्माण कम्पनीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.