www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा धार्मिक महोत्सव

hima aus

दमौली ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ ।

मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो ।महोत्सव शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने बताए ।

classic tech

गण्डकी प्रदेश सांसद आशा कोइरालाले मन्दिरको विकासका लागि सबै स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने गरिएको बताए ।

असोज ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष श्रीराम अधिकारीले बताए।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...