www.tandavnews.com
Fact ~ In search of truth

आगलागीपीडितलाई नयाँ घर

पर्वत,  

आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाएका छन् ।

महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिएका हुन् । पीडितलाई कोरियामा बस्दै आएकी दीपा रानाले नयाँ गोठ निर्माण गरिदिएका हुन् ।

Lama collectio News Middle

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घरगोठ जलेपछि आफन्तको शरणमा बस्दै अाएका थिए । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाएका अधिकारीलाई तीन लाख रुपैयाँ खर्च गरेर गुरुङले घर निर्माण गरिदिएका हुन् । सामाजिक सञ्जालमार्फत महाशीला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गरेका थिए ।

निम्न आर्थिक अवस्था भएका खरिलालको परिवार नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल थिए। “यति धेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन”, नयाँ घर हस्तान्तरण कार्यक्रममा खरिलालले भने, “आज मैले नसोचेको बास पाएको छु”, उनलाई बिहीबार महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलमार्फत घर हस्तान्तरणसमेत गरिएको छ । खरिलालको घरमा श्रीमतीसहित दुई छोरा बस्दै आएका छन् । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop