www.tandavnews.com
Fact ~ In search of truth

गरिमाका शेयरधनीलाई १० प्रतिशत बोनश शेयर

पोखरा  ।

गरिमा विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा शुक्रबार हिजो पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

Batas

त्यसैगरी उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

२ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पूँजी रहेको विकास बैंकको १० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार पुगेको छ ।

साधारण सभाको लागि २०७५ आश्विन १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७५आश्विन ११ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले मात्र साधारणसभा बाट पारित बोनश शेयर र नगद लाभांश प्राप्त गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.