www.tandavnews.com
Fact ~ In search of truth

पशुपक्षी डिकी वा छतभित्र राखी ढुवानी गरे कारवाही

काठमाडौँ ।

पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ ।

सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

Batas

रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ ।

विभागद्वारा शुक्रबार हिजो जारी विज्ञप्तिमा पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि सबैसित आग्रह गरिएको छ । यस्ता कार्य गरिए तीन महीना कैद र रू पाँच हजार जरिवाना हुने प्रावधान छ ।

विशेषगरी बडादशैँको पर्वमा मासुका लागि खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, भैँसी, हाँस, कुखुराजस्ता पशु–पक्षी बढी ढुवानी हुने गर्दछ । एक तथ्याङ्का अनुसार काठमाडाँै उपत्यकाभित्र मात्र वर्षेनी पाँच अर्बभन्दा बढी मासु खपत हुने गर्दछ ।

देशभित्र उत्पादित पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा अनिवार्य उत्पत्तिकोे प्रमाणपत्र, दर्तावाल पशु चिकित्सकबाट जारी भेटेनरी प्रमाणपत्र साथमा राख्न, बाह्य मुलुकबाट पशु–पक्षी तथा उत्पादनका सामग्री आयात–निर्यात गर्दा क्वारेन्टाइन चेकपोष्टमा जाँच गराई प्रमाणपत्र लिन पनि विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.