www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर

काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न संघसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल (हान), घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन् ।

हानले आफ्ना सदस्य होटलमा आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलका रुपमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो । उक्त अफर लागू गर्न सदस्य होटललाई आग्रह गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । नेपाल आउने सबै विदेशी पाहुनाका लागि यस्तो छुट दिइनेछ ।

हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी करीब दुई हजार होटल आबद्ध छन् । हानको हाल १५ च्याप्टर छन् । यस्तै होमस्टे एशोसिएसनले पनि भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ ।

संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’ मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् ।

सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रर्वद्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ । होटल व्यवसायीले अहिलेकै अवधिमा २५ लाख पर्यटकलाई धान्न सकिने बताएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.