www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारी स्व.वि.यू. सभापति क्षेत्रीलाई १० बर्ष जेल

संजय रेग्मी

पर्वत

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्व.वि.यू. सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० बर्ष कैद सजायँको फैसला सुनाएको छ ।

Batas

क्षेत्री सहित अन्य यूवाहरु २०७४ सालको चैत १५ गते बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ बर्षिय बालिकालार्ई सामुहिक बलात्कार गरेको अभियोग लागेको थियो । कुश्मा नगरपालिका १ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी संघबाट स्व.वि.यू. सभापति बनेका २३ बर्षिय क्षेत्रीलाई न्यायधिस सूर्यबहादुर थापाको ईजलासले फैसला सुनाएको हो ।

क्षेत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी ५ बर्ष र सांगठनिक अपराधमा संलग्न रहेको ठहर गरी ५ बर्ष गरी १० बर्ष कैद सजाय सुनाईएको छ । क्षेत्री सहित पक्राउ परेका दुई बालकहरको उमेर नपुगेका कारण एक जनालाई ५ बर्ष कैद र एक जनालाई डेढ बर्ष सुधार गृहमा राख्ने गरी फैसला भएको छ । अदालतले घट्ना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाई दिएको छ । अभियुक्तहरुलाई बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ बर्षिय बालिकालार्ई सामुहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

तर कुस्मा नगरपालिका १ सहस्रधाराबाट सहमतिमै होटलमा आएका दुई युवतीसंग दिउँसो ३ बजेदेखि संगै बसेका र राती १० बजे मात्रै बलात्कारको आरोपमा प्रहरीले पक्रेका कारण उक्त घटना सहमतिमा यौन सम्बन्ध राखेकोले सार्वजनिक अपराधमा मुद्दा चलाउनुपर्ने माग आफन्त र उनका शुभेच्छुकले राख्दै आएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.