www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा एक गाउँपालिका एक कृषि फार्म

गोरखा ।

गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी गोरखाले आज सदरमुकाममा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री थापाले ८५ वटै गाउँपालिकामा कृषि फार्म स्थापना गर्न प्रदेश सरकारले काम शुरु गरिसकेको बताएका हुन् । उनले गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा कृषिजन्य वस्तुमा आत्र्मानिर्भर बनाउन सबै गाउँपालिकामा कृषि फार्र्म स्थापना गर्न लागिएको बताए ।

Batas

“यसअघि कहिकतैबाट सहयोग नपाएका तर काम गरिरहेका त्यस्ता फार्म छन् भने तीनलाई प्राथमिकतामा राखेर अनुदान उपलब्ध गराउने तर काम नगर्नेको पनि पहिचान गरी उनीहरुलाई निरुत्साहित पार्ने गरी काम अघि बढेको छ”, मन्त्री थापाले भने ।

उनले भने ,“प्रदेश सरकारकोे अनुदानमा प्रत्येक गाउँपालिकामा सञ्चालन हुने कृषि फार्मबाट माछा, मासु, दूघ, अण्डा, तरकारीलगायतका कृषिजन्य वस्तु उत्पादनमा जोड दिने र त्यसले समग्र प्रदेशको कृषिमा आत्मानिर्भर हुने लक्ष्य हासिल हुने उनले बताए ।”

प्रदेश सरकारले कृषकलाई आठ किसिममा वर्गिकरण गरेर अघि बढेको भन्दै मन्त्री थापाले वास्तविक किसानलाई राज्यले सहयोग गर्ने बताए । ‘अहिले शिक्षक नै किसान र किसान नै शिक्षक हुने परम्परा छ, त्यसको अन्त्य गरी वास्तविक किसानको पहिचान गर्नु जरुरी भएको छ ।’ उनका अनुसार प्रदेशभित्र तीन हजार ५०० भन्दा बढी सहकारी रहेका छन् । ती सहकारीको राम्रो व्यवस्थापन गर्दै प्रत्येक सहकारीको कूल कारोबारको ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्ने गरी नीति नै बनाउने तयारी भइरहेको बताइएको छ ।

त्यस्तै कृषकको उत्पादन बजारसम्म पु¥याउन प्रदेशभित्रका ७५९ वडामा कृषि सङ्कलन केन्द्र स्थापना गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएकोे सो अवसरमा जानकारी दिइयो ।

‘अहिले कृषकले दुःख गरेर वस्तु उत्पादन गर्छन् ,तर बिक्री गर्दा किसानले न्यून र बिचौलियाले धेरै नाफा कमाउने गरेका छन्, आफ्नै उत्पादन आफैले बेच्न सक्ने गरी हप्तामा कम्तीमा एक दिन चल्ने गरी हाटबजार खोल्नु राम्रो हुन्छ ।’ उनले भन्नुभयो । रासस
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.